|  

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? 

१० मंसिर, काठमाडौं ।  साताको कारोबारको पाचौं दिन आज (बिहीबार)सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा १४ सय रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।