|  

करिब पाँच किलो थाई गाँजासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

१० मंसिर, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो ८ सय ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको केरलाका २९ वर्षीय अब्दुल नौसाद रहेका छन् । उनी थाइल्यान्डबाट मलेसिया हुँदै बाटिक एयरको उडानमार्फत काठमाडौं आएका थिए । उनीमाथि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले अनुसन्धान अघि बढाएको छ ।