|  

साढे ५० लाख रुपैयाँसहित ठमेलको होटलबाट दुई जना पक्राउ

१० मंसिर,काठमाडाैं । काठमाडौंको ठमेलस्थित स्नोलाइन होटलबाट साढे ५० लाख नेपाली रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवनकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम रहेका छन् ।प्रहरीले उनीहरूको साथबाट ५० लाख रुपैयाँबाहेक ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिरामसमेत बरामद गरेको जनाएको छ ।