|  

आइपिएल : पन्जाबलाई हराउँदै दिल्ली शीर्षस्थानमा

२० बैशाख, काठमाडौँ । ओपनर शिखर धवनको अर्धशतकको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२१ मा पन्जाब किंग्सलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । 

१६७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १४ बल अगावै सात विकेटको फराकिलो जित हासिल गरेको हो । दिल्लीका लागि शिखर धवनले ६९ रन बनाए भने पृथ्वी शाले ३९, स्टिभन स्मिथले २४, ऋषभ पन्तले १४ र सिमरन हेटमायरले १६ रन बनाए ।

पञ्जावका लागि मयंक अग्रवालले ९९ रन बनाएका थिए । तर अन्य ब्याट्सम्यानले गतिलो योगदान गर्न सकेनन् । दिल्लीले ८ खेलबाट १२ अंक हासिल गर्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गर्दा पञ्जाव भने ८ खेलबाट ६ अंक हासिल गर्दै छैटौं स्थानमा सीमित रहेको छ ।