|  

बालेनको भारत भ्रमण राष्ट्रियताको सवालमा कमजोर रहेको जनमोर्चाको आरोप

१० मंसिर, काठमाडाैं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सीमा विवाद र राष्ट्रियतासँग जोडिएका विषय उठाउन नसकेको भन्दै आलोचना गरेको छ।

पार्टी अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमण राष्ट्रियताको दृष्टिले उपलब्धिमूलक हुन नसकेको आरोप लगाएका हुन्। जनमोर्चाले कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको सीमा विवाद, १९५० को सन्धि पुनरावलोकन तथा ईपीजी प्रतिवेदन कार्यान्वयनबारे भारतसँग छलफल नभएको भन्दै असन्तुष्टि जनाएको छ। प्रधानमन्त्रीले लिपुलेकका विषयमा कमजोर अडान लिएको पार्टीको आरोप छ।

यद्यपि, काठमाडौं–भैरहवा–लखनउ हवाई रुट उपलब्ध गराउने सहमतिलाई सकारात्मक मानेको जनमोर्चाले त्यसको कार्यान्वयनमा भने आशंका व्यक्त गरेको छ। भोटेकोशी बाढीपीडित र विकास परियोजनाका लागि भारतले गर्ने सहयोग पनि निःसर्त हुनुपर्ने पार्टीको माग छ।