|  

विधि मिच्ने सरकारविरुद्ध कांग्रेसले सशक्त आवाज उठाउँछ : पौडेल

१० मंसिर,काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार विधि र संसदीय व्यवस्थाविपरीत अघि बढेको आरोप लगाउँदै त्यसविरुद्ध पार्टीले सशक्त खबरदारी गर्ने बताएका छन् ।

बिहीबार धादिङबेसीमा आयोजित कार्यक्रममा उनले संसद्को उपेक्षा, नागरिकको अपमान र भ्रष्टाचारका घटनामा सरकारलाई जवाफदेही बनाउन कांग्रेसले आवाज उठाउने बताए । पासपोर्ट काण्ड र सुनकोशी-मरिण डाइभर्सनलगायतका विषयमा निष्पक्ष छानबिन हुनुपर्ने उनको माग थियो ।