|  

कांग्रेसमा प्रेम र सद्भावको संस्कार हराउँदै गएको दीपक भट्टराईको टिप्पणी

१० मंसिर, काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक भट्टराईले पार्टीमा पुरानो आत्मीयता, प्रेम र सद्भावको संस्कार कमजोर हुँदै गएको बताएका छन्।

बिहीबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले कांग्रेसलाई बलियो बनाउन नयाँ विचारसँगै पुरानो संस्कार पुनःस्थापित गर्नुपर्नेमा जोड दिए। उनले जेनजी आन्दोलन सत्ता परिवर्तन मात्र नभई राजनीतिक शैली परिवर्तनको मागसमेत भएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। साथै, स्थानीय निर्वाचनलाई उम्मेदवार छनोटमा मात्र सीमित नगरी जितपछि जनताका लागि गर्ने काम र प्राथमिकता स्पष्ट पार्नुपर्ने बताए।