|  

बालेनको भारत भ्रमण राष्ट्रिय मुद्दाविहीन र फिक्का भएको ओलीको टिप्पणी

१० मंसिर, काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण राष्ट्रिय मुद्दाविहीन र फिक्का भएको टिप्पणी गरेका छन्।

उनले राष्ट्रिय हितका विषयमा साझा धारणा बनाएर जानुपर्नेमा प्रधानमन्त्रीले त्यसो नगरेको आरोप लगाए।पत्रकार तथा सम्पादकहरूसँग कुरा गर्दै ओलीले भैरहवा हवाई रुट, ईपीजी प्रतिवेदन, सीमा विवाद, जनकपुर विकास र भूकम्पपछिको पुनर्निर्माणका विषयमा भारतसँग ठोस छलफल हुन नसकेको बताए। उनले जलवायु तथा वातावरणका मुद्दासमेत नउठेको भन्दै भ्रमणलाई राजकीयभन्दा निजी भ्रमणको संज्ञा दिए। साथै, दुई देशबीचको सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए।