|  

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि  

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको मंसिर ८ गतेदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ ।

केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेकाले बैठक आज बिहान ८ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ । बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।