|  

जनकपुर–अयोध्या रेल भोलिदेखि नियमित सञ्चालन हुने, टिकट बुकिङ खुला

११ मंसिर, काठमाडौं । जनकपुरधाम र भारतको अयोध्यालाई जोड्ने रेल सेवा भोलिदेखि व्यावसायिक रूपमा नियमित सञ्चालन हुने भएको छ। भारतीय रेल्वेले रेल सेवाका लागि टिकट बुकिङ खुला गरेको छ।

रेलको भाडादर न्यूनतम ५८४ रुपैयाँदेखि अधिकतम २ हजार १७६ रुपैयाँसम्म तोकिएको छ।

हप्तामा एक दिन सञ्चालन हुने उक्त रेल प्रत्येक शनिबार जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गर्नेछ भने सोमबार अयोध्याबाट जनकपुरधाम फर्किनेछ।