|  

सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय आपत्तिजनकः एमाले

११ मंसिर, काठमाडौं ।  नेकपा एमालेले वैकल्पिक आवासको व्यवस्था नगरी विस्थापित सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको निर्णयलाई आपत्तिजनक, अमानवीय र गैरजिम्मेवार भनेका छन्।

उनले घर भत्काएर पुनर्वासको आश्वासन दिँदै महिनौँसम्म अनिश्चिततामा राख्ने र अहिले अस्थायी आश्रयसमेत खोस्ने सरकारी कदम संविधानप्रदत्त आवासको हक तथा सामाजिक न्यायको मर्मविपरीत रहेको बताएका छन्।

आचार्यले विस्थापित सुकुमबासीको वैकल्पिक आवास सुनिश्चित नगरी होल्डिङ सेन्टरबाट हटाउने निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।