|  

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता 

११ मंसिर, काठमाडौं ।  रास्वपाका सभापति रवि लामिछाने र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

लामिछाने राष्ट्रपतिलाई भेट्न आज शीतल निवास पुगेका हुन् । भेटमा सरकार, संसद्, अध्यादेश र समसामयिक राजनीतिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।