११ मंसिर, काठमाडाैं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दुई महिनापछि आउँदो मंगलबार बस्ने भएको छ।
सभापति हरि ढकालले बिहान ११ बजेका लागि बोलाएको बैठकमा गृहमन्त्री सुधन गुरुङसमेत सहभागी हुनेछन्। बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको बर्खास्ती, समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, प्रहरी अनुसन्धानमा प्रधानमन्त्री कार्यालयको चासो तथा इनम सापकोटाको मोबाइल लोकेसन प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनको घरमा देखिएको विषयमा छलफल हुनेछ। विपक्षी दलहरूले बैठक माग गर्दै पत्र दिए पनि दुई महिनासम्म बैठक बस्न सकेको थिएन।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar