|  

पूर्वमुख्यसचिव अर्याललाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

११ मंसिर, काठमाडाैं । मलेसिया जाने नेपाली श्रमिकबाट बायोमेडिकल सेवा शुल्कका नाममा रकम असुली गरेको प्रकरणमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेस गरिएका अर्यालमाथि थप अनुसन्धान गर्न सीआईबीले म्याद पाएको हो। यस प्रकरणमा प्रहरीले दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।