|  

राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेट, भारत भ्रमणबारे जानकारी

११ मंसिर, काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

शुक्रबार शीतल निवास पुगेका प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुका साथै समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा सरकारका कामकारबाही र मुलुकको वर्तमान अवस्थाबारे पनि कुराकानी भएको थियो। भारतको दुईदिने भ्रमणबाट फर्किएको पाँच दिनपछि प्रधानमन्त्री शाह राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।