|  

मूल्यवृद्धि नियन्त्रण गर्न मन्त्रालयले गठन गर्‍यो अध्ययन समिति

११ मंसिर, काठमाडौं । दैनिक उपभोग्य वस्तुमा भइरहेको मूल्यवृद्धि नियन्त्रण र सहज आपूर्ति सुनिश्चित गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ।

सहसचिव नामराज घिमिरेको संयोजकत्वमा गठित समितिले मूल्यवृद्धिका कारण, आपूर्ति शृङ्खला, बजारको अवस्था र सम्भावित विकृतिबारे अध्ययन गर्नेछ। मन्त्रालयका सचिव रुद्रसिंह तामाङका अनुसार समितिले मूल्य स्थिरता, सहज आपूर्ति र उपभोक्ता हित संरक्षणका उपायसहित एक महिनाभित्र प्रतिवेदन बुझाउनेछ।