|  

साउदी आक्रमणमा यमनमा ११ जनाको मृ#त्यु, अधिकांश बालबालिका

१२ मंसिर, काठमाडौं ।  यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये अधिकांश बालबालिका रहेको हुथी सञ्चारमाध्यमले जनाएको छ ।शुक्रबार ताइज प्रान्तको अल–तुर्बा सहरस्थित एक आवासीय भवनलाई लक्षित गरी साउदी युद्धविमानले आक्रमण गरेको थियो ।

यसैबीच, साउदी सेनाले हुथी समूहको प्रभाव क्षेत्र मानिने सादा क्षेत्रमा इन्धन भण्डारण केन्द्रलाई पनि निशाना बनाएको बताइएको छ ।

यसअघि बिहीबार हुथी विद्रोहीले साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको जाजान तेल प्रशोधन केन्द्रमा आक्रमण गरेका थिए ।