|  

सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित

१२ मंसिर, काठमाडौं । सप्तरीमा २०१ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमितमध्ये १०६ पुरुष, ८४ महिला र १० बालबालिका छन्। सबैभन्दा बढी २० देखि ५० वर्ष उमेर समूहका रहेका छन्।

अस्पतालको तथ्याङ्कअनुसार २०८१ सालमा १८९ र २०८२ सालमा १९५ जना सङ्क्रमित थिए। पछिल्लो तीन वर्षयता जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या निरन्तर बढ्दै गएको छ।