|  

अमेरिकामा भीषण आँधी: लाखौँ मानिस अन्धकारमा, हजारौँ उडान प्रभावित

१२ मंसिर, काठमाडौं ।  अमेरिकामा आएको शक्तिशाली आँधीका कारण लाखौँ मानिस विद्युत्विहीन भएका छन् भने हवाई यातायात प्रभावित भएको छ।

आँधी गएको एक दिन बितिसक्दा पनि धेरै क्षेत्रमा विद्युत् आपूर्ति सुचारु हुन सकेको छैन। बिहीबार पूर्वी तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षासहित आएको आँधीले बाढीको जोखिमसमेत बढाएको छ।

पश्चिमी तटीय क्षेत्रमा पनि यसको प्रभाव देखिएको छ। प्रतिकूल मौसमका कारण शुक्रबार मात्रै २ हजार ७ सयभन्दा बढी हवाई उडान ढिला भएका छन् भने करिब १५० उडान रद्द भएका छन्।

मौसममा सुधार देखिए पनि जनजीवन सामान्य हुन अझै समय लाग्ने मौसमविद्हरूले बताएका छन्।