|  

खाना र पानी रोकिएपछि सडकमा बसेर खाना खाए सुकुमवासीले

१२ मंसिर, काठमाडाैं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीले खाना भित्र लैजान प्रशासनले रोक लगाएपछि सडकमा बसेर खाना खाएका छन्।

जेनजी अभियन्ता रक्षा बम, माजिद अन्सारी र धीरज जोशीसहितको समूहले ल्याएको खाना सेन्टरभित्र प्रवेश गर्न नदिइएपछि उनीहरूलाई बाहिरै खुवाइएको हो। प्रशासनले होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा सकिए पनि १९ परिवारका ५९ जना बाहिरिएका छैनन्। आवास र जग्गाको टुंगो नलागेसम्म सेन्टर नछाड्ने उनीहरूको अडान छ। प्रशासनले शारीरिक बल प्रयोग नगर्ने तर सेवा सुविधा कटौती गरेर भए पनि सेन्टर खाली गराउने जनाएको छ। बस्तीबाट विस्थापित भएको आठ महिना बितिसक्दा पनि उनीहरूको आवास र लालपुर्जाको समस्या समाधान भएको छैन।