१२ मंसिर, काठमाडाैं । गृहमन्त्री सुदन गुरुङ शुक्रबार साँझ विराटनगर पुगेका छन् ।
विराटनगर विमानस्थलमा ओर्लिएका उनलाई गुरुङ समुदायका प्रतिनिधिहरूले स्वागत गरेका थिए । उनी मोरङका प्रमुख जिल्ला अधिकारीको गाडीमा विमानस्थलबाट बाहिरिएका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को घरमा जलेको भनिएको पैसाबारे अनुसन्धान कहाँ पुग्यो भनेर प्रश्न गरेका थिए। जवाफमा उनले ‘सबै तपाईंहरूलाई किन भन्नू’ भन्दै प्रतिक्रिया दिएका थिए।
विराटनगर पुगेपछि गृहमन्त्री गुरुङ रानीस्थित प्रदेश प्रहरी कार्यालय पुगेका थिए। प्रहरी स्रोतका अनुसार उनी राति सोही कार्यालयमा बसेका थिए।
यसैक्रममा उनले मध्यराति आफैँ स्कुटर चलाएर जोगबनी नाकाको अवलोकन गरेका थिए। स्कुटरमा पछाडि आफ्नो सुरक्षामा खटिएका पीएसओलाई राखेर उनी नाकाको निरीक्षणमा पुगेको बताइएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar