|  

लिङदेन भन्छन्-राजसंस्था देशको स्थायित्वका लागि आवश्यक, व्यवस्था परिवर्तनबारे नयाँ समझदारी गरौँ

१२ मंसिर,काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था देशको स्थायित्वका लागि आवश्यक रहेको बताउँदै त्यसको पक्षमा पार्टीले उठाएको मुद्दामा कुनै हीनतावोध गर्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

शनिवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा राप्रपा संवद्ध पूर्वप्रहरी परिषद्को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजसंस्थाको पक्षमा उभिनु कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको विषय नभएको स्पष्ट पार्दै देशको हित र स्थायित्वका लागि आफूहरूले राजसंस्था आवश्यक ठानेको बताए । राजाबाट व्यक्तिगत रूपमा विगत, वर्तमान वा भविष्यमा कुनै लाभको अपेक्षा नरहेको उल्लेख गर्दै उहाँले राजसंस्थाबारे नयाँ पुस्तामा भ्रम फैलाइएको दाबी गरे। राजा हुनु भनेको लोकतन्त्र नहुनु होइन भन्ने कुरा समाजमा बुझाउनुपर्ने उनको भनाइ छ । उनले भने,‘हामीले उठाएका कुनैपनि मुुद्दामा हामीले हिनतावोध गर्नुपर्दैन । राजसंस्थाको विषयमा हामी स्पष्ट हुनुपर्दछ  । हामीले कुनै व्यक्तिगत स्वार्थले नेपालमा राजसंस्था चाहिन्छ भनेको होइन । राजा चाहिन्छ भनेर हिँड्नुको   अर्थ हाम्रो कुनै व्यक्तिगत  स्वार्थसँग जोडिएको छैन । मैले  व्यक्तिगत रुपमा राजाबाट न हिजो   पाएको  थिएँ,  न आज पाएउको छुु र न भविष्यमा पााउने आशाा राखेकोे छु । तर राजसंस्था यो मुलुकको लागि आवश्यक छ । यो मुलुुकको स्थायित्वका लागि  आवश्यक छ । समग्र राप्रपा त्यही  उद्देश्यले उभिएको छ । केही मानिसहहरुले सुनियोजित रुपमा भ्रम  फैल्याएका छन् र नयाँ पुस्ताहरुमा राजसंस्थाबारे भ्रम छ । हाम्रा विरोधीले राजा हुुनुलाई प्रजातन्त्र  नहुनुसँग  जोड्छन् । तर समाजलाई हामीले  राजा  हुनु भनेको लोकतन्त्र नहुनु होइन भनेर बुझाउनुपर्छ ।’

अध्यक्ष लिङदेनले देशमा साढे तीन दशकदेखि नेपाली काँग्रेस र कम्युनिष्ट पार्टीहरूले शासन गर्दै आए पनि भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरता जस्ता समस्या समाधान हुन नसकेको टिप्पणी गरे । उनले मुलुक भूराजनीतिक रूपमा समेत जोखिमतर्फ अघि बढिरहेको भन्दै समस्याहरू समयमै सम्बोधन नगरिए देश दुर्घटनामा पर्न सक्ने र नेताहरूले देश छाडेर भाग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । देशमा नयाँ राजनीतिक समझदारी आवश्यक रहेको धारणा राख्दै उनले समस्या व्यक्तिमा मात्रै नभई विद्यमान व्यवस्थामा समेत रहेको बताए । नेताहरू परिवर्तन हुँदै गए पनि समस्या यथावत रहनुले प्रणालीमै सुधार आवश्यक रहेको पुष्टि गरेको उनको भनाइ छ । कसैलाई निषेध वा अपमान गरेर नभई सहमतिको आधारमा अघि बढ्नुपर्नेमा जोड दिँदै लिङ्देनले देशलाई पुनः द्वन्द्वमा जानबाट रोक्न नयाँ समझदारी गर्नुपर्ने बताए । उनले भने,‘देशमा साढे ततीनन दशकदेखि काँग्रेस, कम्ययुनिष्टहरुको शासन रह्यो । कहिले कसको, कहिलले कसको तर मानिसहरु तिनै घुमेर बसे । हामीले देशमा भ्रष्टाचार बढिरहेको  छ, बेरोजगारी बढिरहहेकको छ, भूराजनीतिक हिसावले हामी खतरातर्फ गइरहेका छाँै, त्यसलाई  चाँडै सम्बबोधन नगर्ने हो  भने  देश  दुर्घटनामा जान्छ, नेताहरु भाग्नुपर्ने स्थिति आउननसक्छ । त्यसैले देशमा नयाँ समझदारी  गर्नुपर्छ भनेका थियौँ । समस्या  टाउकोमा त छ नै, मानिसमा त समस्या छ नै समस्या  नेतामा  मात्रै  छैन, जुन नेताहले देशमा यो प्रणाली  ल्याए मान्छेसहित प्रणालीमा सुधार  गर्नुपर्छ । कसैले कसैलाई  हेपेर होइन, सहममतिमा अघि  बढ्नुपर्छ भन्यौँ । भागाभाग भयाे, मानिससहरु पनि फेरिए, तर  समस्या जहाँको त्यहीँ छ । आज  पनि भन्छु,  मान्छेमा मात्रै समस्या होइन, समस्या व्यवस्थाममा पनि छ । मान्छे फेरेर मात्रै समस्या समाधान  हुँदैन भन्नेकुरा  अहिले  पुष्टि भइरहेको छ । देशलाई अझै पनि द्वन्द्वमा जान  नदिने  हो भने नयाँ समझदारी गर्नैपर्छ । कसैले नहार्ने र देशले  जित्ने  सहमति होस् ।’

अध्यक्ष लिङदेनले देशले जित्ने र कुनै पक्ष हार्न नपर्ने खालको राजनीतिक सहमति आवश्यक रहेको बताए ।–न्युज एजेन्सी नेपाल