१२ मंसिर,काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बनाउने र गिराउने राजनीतिक चलखेलमा बढी केन्द्रित हुँदा मुलुकका राजनीतिक उपलब्धि र राष्ट्रिय स्वाधीनतामाथि भइरहेका चुनौतीप्रति पर्याप्त ध्यान दिन नसकिएको स्वीकार गरेका छन् ।
उनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा आफूहरू सरकार गठन र विघटनको खेलमा अल्झिँदा प्रतिक्रियावादी शक्तिहरूले लामो योजनाअन्तर्गत राष्ट्रिय स्वाधीनता र नेपाली जनताको आत्मनिर्णयको अधिकारविरुद्ध षड्यन्त्र गरिरहेको विषयमा पर्याप्त ध्यान दिन नसकेको बताएका हुन् । दाहालले शान्ति सम्झौता, गणतन्त्र, संघीयता, समावेशिता र संविधानसभाबाट संविधान निर्माण हुन नदिन चाहने शक्तिहरू विगतदेखि नै सक्रिय रहेको जिकिर गरे । आफूहरूले पटकपटक सचेत गराउने प्रयास गरे पनि राज्य संयन्त्रले त्यसलाई गम्भीरतापूर्वक लिन नसकेको उनको आरोप छ । सरकारमा रहेकाहरूले समेत देशमा विकसित राजनीतिक घटनाक्रमको पूर्वानुमान गर्न नसकेको भन्दै उनले दुई तिहाइ बहुमतको दाबी गरिरहेको सरकारका प्रधानमन्त्रीले बालुवाटार छाड्नुपर्ने अवस्था आउनु राज्य संयन्त्रको कमजोरी भएको टिप्पणी गरे ।
दाहालले पछिल्लो राजनीतिक परिस्थितिमा जनताले आन्दोलन र बलिदानबाट प्राप्त गरेका सार्वभौम अधिकार तथा समावेशी प्रतिनिधित्वको अधिकारमाथि प्रहार भइरहेको आरोप लगाए । उनले नयाँ सरकारबाट जनताका अधिकारमाथि निरन्तर हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गर्दै मजदुर, किसान, सुकुम्बासी, कर्मचारी, विद्यार्थी र शिक्षकसमेतलाई आतंकित पार्ने तथा दमन गर्ने काम भइरहेको बताए । वर्ग संघर्ष विश्वव्यापी रूपमा जारी रहेको उल्लेख गर्दै दाहालले वर्तमान सरकार मजदुर, किसान र नेपाली जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार खोस्नेतर्फ उद्यत रहेको आरोप लगाए । उनले भने, ‘हामी अलि बढी सरकार गिराउने, बनाउने चलखेलमा बढी ध्यान दिऔँ । हाम्रो गल्ती त्यहीँ भयो । प्रतिक्रियावादीहरु जो हिजो, शान्ति सम्झौता हुन नदिने, देशमा गणतन्त्र, संघीयता, समावेशिता आउन नदिने, देशमा संविधान सभापछि निर्वाचन हुन नदिने, जो पंक्तिहरु थिए, तिनीहरु चुप लागेर बसेका थिएनन् । बरु उनीहरु ग्राण्ड डिजाइनअन्तर्गत, एउटा लामो योजनाअन्तर्गत नेपालका, नेपालको राष्ट्रिय स्वाधिनता, नेपाली जनताको आत्मनिर्णयको विरुद्ध षड्यन्त्र गरि नै रहेका थिए । हामी एक हदसम्म बेखबर जस्तै भयौँ । हामीले सचेत गराउने प्रयास गरि नै राख्यौँ तर राज्यमा भएका त झन अन्धा र बहिरा नै भएका रहेछन् । सरकारमा भएकाहरुलाई आज के भयो र भोलि के हुँदैछ भन्नेकुराको केही पनि जानकारी नहुनु, दुर्भाग्यपूर्ण कुरा भयो, प्रधानमन्त्रीले तथाकथित दुई तिहाईको कुरा गर्दागर्दै बालुवाटारबाट भाग्नुपर्ने स्थिति आउनु आफैँमा कम दुर्भाग्यपूर्ण कुरा होइन । कति धेरै अन्धो र कति धेरै बहिरो भएको रहेछ त हाम्रो राज्य संयन्त्र । अहिले हामी के सोचिरहेका छौँ भने प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिसँग वर्ग संघर्ष विश्वव्यापरी रुपमा फेरि पनि चलिरहेकै छ । अहिले पनि जो नयाँ तथाकथित सरकार भनेर आएका छन्, उनीहरुको प्रहारको निशाना एकतारित त जनताले प्राप्त गरेको सार्वभौम अधिकार, उनीहरुले प्राप्त गरेको समावेशिताको प्रतिनिधित्वको अधिकार माथि प्रहार गर्ने लगातार कोशिस भइरहेको छ । अर्कोतिर निम्न वर्ग, मजदुर, सुकुम्बासी, कर्मचारी, विद्यार्थी, शिक्षक, सबैलाई कुनै न कुनै रपले आतंकित पार्ने र दमन गर्ने काम भइरहेको छ । त्यसैले यो सरकार मजदुर किसान र नेपाली जनताको, हिजो, आन्दोलन र बलिदानबाट प्राप्त भएका अधिकारहरु खोस्नतिर उद्यत छ ।’
संयोजक दाहालले नेकपाले अब तत्काल मात्रै नहेरी दीर्घकालीन रुपमा राष्ट्रिय रुपमा संयुक्त मोर्चा बनाएर अघि बढ्ने जरुरी रहेको बताए । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामलाई क्षणिकको आँधीको संज्ञा दिँदै सदावहार भइ नरहने बताए । राज्य संयन्त्र आतंक सिर्जना गरेर चलिरहेको उनको जिकिर छ । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar