|  

मकवानपुरमा कुटपिट गरेर श्रीमतीको ह#त्या

१३ मंसिर, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ मा श्रीमान्को कुटपिटबाट ३७ वर्षीया रुकु पाख्रिनको मृत्यु भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् रमेश पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मादक पदार्थ सेवन गरेका रमेशले घरमा श्रीमतीसँग विवाद गर्दै काठको लौरोले पटक–पटक प्रहार गरेका थिए ।

ओछ्यानमा बसिरहेकी रुकुलाई समेत उनले लौरोले हिर्काउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रमेशले यसअघि पनि मादक पदार्थ सेवन गरी श्रीमतीसँग झगडा गर्ने गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ।