|  

इनम प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

१३ मंसिर,काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले हिरासतमा रहेका इनम सापकोटालाई दबाब र धम्की दिएर कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिन बाध्य पारिएको आरोपबारे संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।

सापकोटाले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा आफूलाई तयार पारिएको बयान पढ्न लगाइएको र नमाने फसाइदिने धम्की दिइएको उल्लेख गरेपछि आङ्देम्बेले घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताएका हुन्। उनले हिरासतमा बयान तयार पार्ने प्रक्रिया, मोबाइल जफत तथा दुरुपयोगको आरोप र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकासमेत अनुसन्धान हुनुपर्ने बताएका छन्।राज्यका अनुसन्धान निकायलाई राजनीतिक प्रतिशोधको औजार बनाउन नहुने भन्दै उनले यस्तो कार्य पुष्टि भए विधिको शासन र लोकतान्त्रिक व्यवस्थामाथिकै गम्भीर प्रहार हुने चेतावनी दिएका छन्। साथै, सरकारलाई स्वेच्छाचारिता त्यागेर संविधान र कानुनी शासनअनुसार अघि बढ्न आग्रह गरेका छन्।