१३ मंसिर, काठमाडौं । साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले राजधानी रियादसहित विभिन्न क्षेत्रमा लक्षित मिसाइल तथा अन्य प्रक्षेप्य अवरोध गरी नष्ट गरेको छ।
साउदी नेतृत्वको सैन्य गठबन्धनका अनुसार शनिबार राति रियादतर्फ प्रहार गरिएको क्रुज मिसाइलसहित दक्षिणी क्षेत्रमा लक्षित अन्य प्रक्षेप्यलाई निष्क्रिय पारिएको हो।
यसैबीच, इराननिकट हुथी विद्रोहीले पछिल्लो ४८ घण्टामा साउदी अरामकोको जाजान रिफाइनरी र दुई विद्युत् केन्द्रमा आक्रमण गरेको दाबी गरेका छन्। उनीहरूले पूर्वी प्रान्तस्थित हाविया ग्यास प्लान्टमा समेत आक्रमण गरेको बताएका छन्।
यसअघि बिहीबार जाजान रिफाइनरीमा भएको क्षेप्यास्त्र आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको थियो भने केही व्यक्ति घाइते भएका थिए। घटनापछि रिफाइनरीको सञ्चालनसमेत अस्थायी रूपमा प्रभावित भएको थियो।
शनिबार साँझ सैन्य गठबन्धनले हुथी विद्रोहीका गतिविधिमा सहयोग पुग्ने मिसाइल तथा ड्रोनसम्बन्धी संरचना नष्ट गर्न सैन्य कारबाही गरेको जनाएको छ। यद्यपि, कारबाहीको लक्ष्य र स्थान भने सार्वजनिक गरिएको छैन।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar