१३ मंसिर, काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई समृद्ध र विकसित बनाउन युवा पुस्ता अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
आईतवार काठमाडौंमा ¥यापर जेम्सीलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । युवाहरूले देश चलाउन, परिवर्तन गर्न र समृद्ध बनाउनसक्ने क्षमता राख्ने उल्लेख गर्दै उहाँले युवाहरूको ऊर्जा र पुरानो पुस्ताको अनुभवलाई संयोजन गर्नसके नेपाललाई विकसित, समृद्ध र समावेशी मुलुक बनाउन सकिने बताउनु भयो । उहाँले समाजमा विद्यमान उत्पीडन, असमानता र विभेद अन्त्य गर्दै सबैको अधिकार सुनिश्चित गर्नु, समान अवसर प्रदान गर्नु तथा राज्यका निकायमा सबैको प्रतिनिधित्व कायम गर्नु नै समाजवाद निर्माणको आधार भएको समेत बताउनु भयो । उहाँले जसपा मुलुकमा समाजवाद निर्माणका लागि क्रियाशील रहेको जिकिर गर्दै समाजवाद निर्माणको यात्रामा सहभागि हुन समेत सबैमा आह्वान गर्नुभयो । अध्यक्ष यादवले युवा उमेरमै विश्व इतिहासमा महत्वपूर्ण परिवर्तन ल्याएका व्यक्तिहरूको उदाहरण दिँदै कार्ल माक्र्सले ३० वर्षको उमेरमा कम्युनिस्ट घोषणापत्र लेखेको, अलेक्जेन्डरले २७ वर्षमै आधा संसार जितेको र गौतम बुद्धले ३६–३७ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पनि विभिन्न राजनीतिक दल युवाहरूले स्थापना गरेको भन्दै युवाहरूलाई राजनीतिक नेतृत्व र देश निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।उहाँले भन्नुभयो, ‘समाजमा विद्यमान उत्पीडन, असमानता तथा सबै प्रकारका विभेदहरु अन्त्य गर्दै सबैको अधिकारको रक्षा, सबैका लागि समान अवसर, स्वतन्त्रता, राज्यका निकायमा सबैको प्रतिनिधित्व, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्नु भनेकै समाजवादको निर्माण गर्नु हो । नेपाललाई समृद्ध, विकसित र समावेशी मुलुक बनाउनको लागि युवाहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ । उमेरले केही हुँदैन । एकदुई वटा उदाहरण दिन चाहान्छु, संसारको प्रसिद्ध र विश्वका सबै कम्युनिष्टहरुले अहिले पनि मानेको कम्युनिष्ट मेनिफेस्टो त्यो बेला लेखिएको हो जतिबेला कार्ल माक्र्सको उमेर ३० वर्षको थियो । त्यतिबेला लेखिएको मेनिफेस्टो सारा संसारले अहिले पनि पढिरहेका छन् । त्यसले संसार नै हल्लाइदियो । अलेक्जेन्डरले करिब आधा संसार जितिसक्दाखेरी उनको उमेर जम्मा २७ वर्ष थियो । भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गर्दाखेरी भर्खर ३६, ३७ वर्षको हुनुहुन्थ्यो । नेपालमा रहेका कयौँ पार्टीहरु युवाहरुले खोल्नुभएको थियो । त्यसकारण युवाहरुको अगाडि असम्भव केही पनि छैन । त्यसकारण हाम्रो पार्टीले सधैं के भनिरहेको छ भने देश चलाउन सक्छन्, परिवर्तन गर्न सक्छन्, देश बनाउन पनि सक्छन् । यो सबै उर्जा र क्षमाता युवाहरुमा हुन्छ । त्यसकारण हाम्रो पार्टीले सधैं के भनिरहेको छ भने पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उर्जा दिने हो भने नेपाल आजको जस्तो अल्पविकसित, पिछडिएको तथा गरिब भनेर सधैं रहन सक्दैन । नेपालमा प्राकृतिक स्रोतहरु प्रचुर मात्रामा रहेका छन्, जसलाई उपयोग गर्ने हो भने नेपाल संसारको समृद्ध मुलुक बन्नसक्छ । संसारका धेरै मुलुकहरुमा त माटो समेत छैन ।’
उहाँले नेपाल रहेको प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्नेमा समेत जोड दिनुभयो । सोही कार्यक्रममा नेपाली ¥यापर जेम्सी अर्थात नोबल बस्नेत जसपा प्रवेश गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar