|  

आईपीएलमा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै

२०, वैशाख काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज कोलकाता नाईट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा  नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको सातमध्ये पाँच खेलमा विजयी र दुईमा पराजित भएको बैंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ। 

त्यस्तै सात खेलमध्ये दुईमा विजयी र पाँचमा पराजित भएको कोलकाता चार अंकसहित तालिकाको चौथो स्थानमा छ।