|  

दुई खेलाडी संक्रमित भएपछि आइपीएलमा आजको खेल रोकियो

२०, वैशाख काठमाडौं । खेलाडीमा कोरोना संक्रमण देखिएपछि इन्डियन प्रिमियर लिग आइपीएल टि–ट्वेन्टी क्रिकेट अन्तर्गत आज हुने तय भएको खेल रद्ध गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोलकाता नाइट राइडर्सका दुईजना खेलाडीलाई संक्रमण पुष्टि भएको पाइएपछि आजको खेल रोक्ने निर्णय गरिएको हो।लिगमा आज कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुने तय थियो।

१४ औँ संस्करणको आइपीएल क्रिकेटमा आज ३० औँ म्याच अन्तर्गत यी दुई टोलीबीचको खेल राती पौने ८ बजे  हुने तय भएको थियो । २९ खेल सकिँदा दिल्ली क्यापिटल्स ८ खेलबाट १२ अंकका साथ शीर्ष स्थानमा छ।