|  

 माधव पक्षका थप ३ जना सांसदसँग ओलीले मागे स्पष्टीकरण

२० वैशाख, काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका थप तीनजना सांसदहरुसँग स्पष्टीकरण सोधेका छन् । 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले तीन सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।


सांसदहरु समिना हुसेन,  कलिला खातुन, गंगा चौधरीलाई स्पष्टीकरण सोधिएको कार्यालय सचिव तामाङले पुष्टि गरे । 

‘तीन जनालाई सोधिएको स्पष्टीकरणको जवाफ पनि आइसकेको छ । उनीहरुलाई चार दिनअघि स्पष्टिकरण सोधिएको थियो । अहिले उहाँहरुको स्पष्टीकरणको जवाफ अध्ययन भइरहेको छ’, तामाङले भने ।


स्पष्टीकरण सोधेका तीनै जना सांसदलाई पार्टी विधानसँगै अर्को पार्टीमा लाग्नु भएको हो ? भनेर प्रश्न गरिएको छ । 
यसअघि एमालेले नेता माधवकुमार नेपालसहित प्रतिनिधि सभाका २७ र कर्णाली प्रदेशका ५ गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेको थियो ।