|  

राति छिमेकीको घरमा जानेक्रममा लडेर एक महिलाको मृत्यु

२१, वैशाख काठमाडौं । इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङमा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ख्यामकुमारी लिम्बु रहेका छन्। 

छिमेकीको घर जाने क्रममा सोमबार राति करिब ८ बजे ख्यामकुमारी बाटोमा चिप्लिएर अन्दाजी २० मिटर तल झरेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेर  घाइते भएकी उनको उपचारको क्रममा राति सवा १० बजे इलाम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

शव  पोष्टमार्टमका लागि इलाम अस्पतालमा राखिएको छ।