|  

कोरोना संक्रमण  दर बढ्दै गएपछि आईपीएल सबै खेल स्थगित

२१  वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएलको १४ औं संस्करण अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कोरोना भाइरसको संक्रमण दर बढ्दै गएपछि आईपीएल स्थगित गरेको हो ।

बीसीसीआई र आईपीएलको गभर्निङ काउन्सिलको आपतकालीन बैठकले तत्कालै लागु हुनेगरी आईपीएलको यस सिजन स्थगित गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

पछिल्लो पटक सनराइजर्स हैदरावादका ऋद्दिमन शाहलाई कोरोना संक्रमण देखिएको थियो । त्यसअघि कोलकता नाइट राइडर्सका दुई खेलाडी र चेन्नईका बलिङ प्रशिक्षकसहित ३ जनालाई संक्रमण देखिएको थियो ।

बीसीसीआईले आईपीएलमा सहभागी खेलाडी, सहयोगी कर्मचारी र आईपीएल खेल सञ्चालनमा संलग्न अन्य सहभागीको सुरक्षामा सम्झौता गर्न नचाहेको जनाउँदै उनीहरुको सुरक्षा, स्वास्थ्य र सबै सरोकारवालाहरुको हितलाई ध्यानमा राख्दै यो निर्णय लिइएको जनाएको छ ।

बीसीसीआईले अब सबै खेलाडी घर पर्किने बताएको छ ।