|  

जसपाको महन्थ  र राजेन्द्र पक्षले हस्ताक्षर संकलन गर्दै 

२१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले आफ्ना सांसद र कार्यकारिणी समिति सदस्यहरुको हस्ताक्षर संकलन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा गरिएको हस्ताक्षर संकलनलाई अर्थपूर्ण ठानिएको छ । खाली कागजमा सांसद र कार्यकारिणी समिति सदस्यहरुको छुट्टाछुट्टै हस्ताक्षर संकलन गरिएको हो । 

जसपाको कार्यकारिणी समिति ५१ सदस्यीय छ । त्यसमध्ये २८ जना उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षतिर देखिएका सो पार्टीका नेताहरु बताउँछन् । यादव र भट्टराई पक्षले यसअघि नै आफू निकटका नेताहरुको हस्ताक्षर संकलन गरिसकेको छ । 

यसैगरी जसपाका ३४ जना सांसदहरुमध्ये दुईजना निलम्बनमा परेपछि हाल ३२ सांसद छन् ।