|  

कोरोना भाइरसको संक्रमणबाट कास्की र पर्वतमा दुई जनाको मृत्यु

२१ वैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट कास्की र पर्वतमा दुई जनाको मृत्यु भएको छ ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–२९ का ४५ वर्षीय पुरुष र पर्वतको कुश्मा नगरपालिका–४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मंगलबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए । 

४५ वर्षीय पुरुषमा वैशाख १८ गते संक्रमण पुष्टि भएको थियो भने पर्वतका ८४ वर्षीय पुरुषमा वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । अध्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २३५ पुगेको छ ।