|  

काठमाडौंमा एक सहित ३ जनाको शव फेला 

२१, वैशाख काठमाडौं । काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा मृतावस्थामा फेला परेका छन् । 

यसैगरी मनाङको नासों गाउँपालिका–५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।  बैतडीको पाटन नगरपालिका–६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष  पनि सोमबार   मृत अवस्थामा फेला परेका छन् ।