|  

काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साताको लागि लम्बियो 

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साताको लागि लम्बिने भएको छ । २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखि ९ बजेसम्म मात्र कायम गरिएको छ ।

यसअघि वैशाख १६ गते देखि एक हप्ताको लागि निषेधाज्ञा गरिएको थियो ।