|  

स्कारपियो दुर्घटनामा चालकको मृत्यु,दुई घाइते 

२२, वैशाख काठमाडौं । दाङमा भएको स्कारपियो गाडी दुर्घटनामा चालकको मृत्यु र दुई जना गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १३ का करिब ३३ वर्षीय विष्णु गिरीको घटनास्थलमै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले दुर्घटनामा परेर तुलसीपुर उपमहानगर ४ घर भई घोराही १७ मा बस्दै आएका ३५ वर्षीय राजकुमार थापा र तुलसीपुर १६ का २३ वर्षीय वसन्त भण्डारी गम्भीर घाइते भएको जानकारी दिए । 

उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ।