|  

आजको मौसम पूर्वानुमान : चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना 

२२, वैशाख काठमाडौं । आज देशका केही स्थानमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार विशेषगरी सुदूरपश्चिमसहित देशका केही स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशका केही स्थानमा मेघगर्जन–चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

‘गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । यसअन्तर्गत काठमाडौं उपत्यकामा पनि भारी वर्षा हुन सक्ने जल तथा मौसम पूवानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै गण्डकी, लुम्बिनी, बागमती र प्रदेश नं २ का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।