|  

भारतमा ३ लाख ८२ हजार ८४७ नयाँ संक्रमित, मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च 

२२, वैशाख काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरमा ३ दिन लगातार नयाँ संक्रमितको संख्यामा कमी आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।भारतमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । 

यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । यो पनि एक रेकर्ड हो ।

पछिल्लो २४ घण्टामा कूल नयाँ संक्रमितः ३.८२ लाख

पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,७८३

पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.३७ लाख

हालसम्म भेटिएका कोरोना संक्रमितः २.०६ करोड

हालसम्म निको भएकाः १.६९ करोड

हालसम्म कूल मृत्युः २.२६ लाख

हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३४.८४ लाख