|  

आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डको लागि कुशल भुर्तेल मनोनयन

२२ वैशाख, काठमाडौं । कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीको प्लेअर अफ दि मन्थ अवार्डको लागि मनोनयनमा परेका छन् ।

आइसीसीले अप्रिल महिनाको लागि प्लेअर अफ दि मन्थको नोमिनेसनमा पुरुषतर्फ पाकिस्तानका दुई खेलाडी बाबर आजम र फखर जमानसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशललाई पनि मनोनयनमा राखेको हो ।

यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए ।