|  

स्वाब दिएर घरमै बसिरहेका पुरुषको मृत्यु

२२ ,वैशाख काठमाडौं । मकवानपुरमा कारोना परीक्षणका लागि स्वाब दिएर घरमै बसिरहेका पुरुषको मृत्यु भएको छ । मनहरी गाउँपालिका गाउँपालिका–१ का ६० वर्षीय पुरुषले वैशाख २० गते स्वाब परीक्षण गरी घरमै बसिरहेका बेला मंगलबार राति उनको मृत्यु भएको हो। 

गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार कोरोनाको स्वाब दिएर घरमा बसिरहेका उनको मंगलबार मात्र पोजेटिभ रिर्पोट आएको थियो। रिर्पोट आएकै रात उनको मृत्यु भएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।मृतक पुरुष मुटु रोगबाट पीडित रहेको गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक टीकाराम अधिकारीले जानकारी दिए। 

मनहरी गाउँपालिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या यो सहित ३ पुगेको अधिकारीले बताए।