|  

चिकित्सा शिक्षा आयोगले निर्धारण गर्यो नयाँ शैक्षिक शुल्क

२९ वैशाख, काठमाडौँ  । चिकित्सा शिक्षा आयोगले आर्थिक वर्ष २०७७र०७८ को शैक्षिक सत्रको शुल्क निर्धारण गरेको छ । उपत्यकाभित्र एमबीबीएस पढ्न ४० लाख २३ हजार २५० रुपैयाँ लाग्ने आयोगले जनाएको छ । यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययनका लागि   ४४ लाख ३६ हजार २५ रुपैयाँ निर्धारण गरेको छ ।


यस्तै बीडीएसका लागि २० लाख १९ हजार ५८०, बीएससी नर्सिङ र बीपीटी र बीएससीरएमएलटीबीएससी, एमआइटी, मेडिकल माइक्रोबायोलोजी, बायोकेमिस्ट्रीका लागि ७ लाख ५० हजार शुल्क लाग्ने छ ।