|  

वेस्ट इन्डिजले अष्ट्रेलिया दक्षिण,अफ्रीका र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने

३,जेष्ठ काठमाडौं। वेस्ट इन्डिजले घरेलु मैदानमा दक्षिण अफ्रीका, अष्ट्रेलिया र पाकिस्तानसँग क्रिकेट सिरिज खेल्ने भएको छ।

वेस्ट इन्डिजले २०२१ मा घरेलु मैदानमा तीन राष्ट्रसँग खेल्ने सिरिजको तालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार दक्षिण अफ्रीकासँग वेस्ट इन्डिजले दुई टेस्ट र पाँच टी–ट्वान्टी अन्तराष्ट्रिय खेल्नेछ।

दक्षिण अफ्रीका र वेस्ट इन्डिजबिचको टेस्ट सिरिज जुन १० देखि २२ सम्म र टी–ट्वान्टी सिरिज जुन २६ देखि जुलाई ५ सम्म हुनेछ। वेस्ट इन्डिज र अष्ट्रेलियाबीच पाँच टी–ट्वान्टी र तीन एकदिवसीय सिरिज हुनेछ। जुलाई ९ देखि १६ सम्म टी–ट्वान्टी र जुलाई २० देखि २४ सम्म एकदिवसीय सिरिज हुनेछ।

यस्तै वेस्ट इन्डिज र पाकिस्तानबीच पाँच टी–ट्वान्टी र दुई टेस्ट सिरिज हुनेछ। पाँच खेलको टी–ट्वान्टी सिरिज जुलाई २७ देखि ३ अगस्ट सम्म र अगस्ट १२ देखि २४ सम्म टेस्ट सिरिज हुने तालिका रहेको छ। एजेन्सी