|  

महानगरपालिकाका विद्यालयले जेठ मसान्त भित्र वार्षिक नजिता प्रकाशन गर्नै पर्ने 

३,जेष्ठ काठमाडौं । महानगरपालिकाले जेठ मसान्त भित्र विद्यालयले  वार्षिक परीक्षा सक्नै पर्ने निर्देशन दिएको छ । 

महानगरले जुनसुकै पक्रिया अपानाएर भएपनि विद्यालय अनुकूल उपयुक्त मूल्याङ्कन प्रक्रिया अपनाइ विद्यार्थी मूल्याङ्कन गर्ने निर्देशन दिएको हो ।

महानगरपालिका शिक्षा विभागले परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गते भित्र चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सकी मसान्तसम्ममा नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले आफ्नो मातहतमा रहेका विद्यालयलाई शैक्षिक सत्र २०७७ को बार्षिक मूल्याङ्कन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम विद्यालय अनुकूल उपयुक्त मूल्याकन प्रक्रिया अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाचा अपनाइ निर्धारित समयमा मूल्यांकन गर्न निर्देशन दिएको छ । महानगरले कक्षा आठको नगरस्तरीय परीक्षा भने यथाशिघ्र सूचना गरी सञ्चालन गर्ने जनाएको छ।