|  

नेपाल टेलिकमद्वारा भीओएलटीई सेवा सुचारु, हेर्नुहोस तपाईंको मोबाइलमा चल्छ कि चल्दैन ?

३,जेष्ठ काठमाडौं । नेपाल टेलिकमले आजदेखि भ्वाइस ओभर एलटीई भीओएलटीई सेवा सञ्चालनमा ल्याएको छ । 

नेपालमै पहिलो पटक परीक्षणको रुपमा सञ्चालनमा आएको यो सेवा सुरुवाती चरणमा केही सीमित मोबाइल सेटहरुमा मात्रै चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा मात्रै हाल यो सेवा उपलब्ध छ । क्रमशः अन्य मोबाइलहरुमा समेत सेवा विस्तार गर्दै लैजाने प्रयास भइरहेको टेलिकमले जनाएको छ ।

सामान्यतयाः डायल गरी  *444# २ मा थिच्नुभयो भने तपाईंको मोबाइल नम्बरमा टेलिकमको भीओएलटीई सेवा एक्टिभ हुन्छ । तर यसका लागि तपाईंको मोबाइल सेटले यो सेवा सपोर्ट गर्नुका साथै सम्बन्धित मोबाइल निर्माता कम्पनीले समेत टेलिकमको भीओएलटीईलाई आफ्नो सिस्टममा इनेबल गर्नुपर्ने हुन्छ ।

आईफोनले भीओएलटीई सपोर्ट गरेपनि भीओएलटीईमा रहँदा एसएमएस प्राप्त गर्ने क्रममा केही समस्या देखिएको छ । यो समस्या समाधानका लागि आईफोन निर्माता कम्पनी एप्पलसँग सम्वाद चलिरहेको टेलिकमले जनाएको छ ।

यदि तपाईंको मोबाइलमा भीओएलटीई एक्टिभ गर्दा राम्रोसँग चलेन भने डायल गरी अंक ३ थिचेर यो सेवा डिएक्टिभ गर्न सक्नुहुनेछ । टेलिकमले भीओएलटीई सेवाको परीक्षणका लागि यसमा रहेर गरिने भ्वाइस तथा भिडिओ कलका लागि छुट्टै प्याक समेत उपलब्ध गराउनेछ ।

यो सेवा प्रयोग गर्न तपाईंको मोबाइलको डेटा खर्च हुँदैन । भ्वाइस नेटवर्कबाटै चल्ने भएकाले यसको शुल्क नियमित भ्वाइस कल गरेकै सरह अर्थात प्रति मिनेट एक रुपैयाँ ५० पैसा प्रति मिनेट लाग्नेछ ।

यद्यपी भोलिको दिनमा टेलिकमले यो सेवाका लागि अन्य प्याकेज समेत ल्याउने तयारी गरिरहेको छ । त्यस्तो अवस्थामा तपाईंले हाल भ्वाइस कल तथा डेटामा जस्तै भीओएलटीईमा भिडिओ तथा भ्वाइस कलका लाग सस्तो प्याकेज पाउनु हुनेछ ।

हाललाई यो सेवा सुचार गराउने ग्राहकले पहिलो पटकमा १०० मिनेट निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउनेछन् । त्यसका लागि तपाईंले  डायल गर्नुपरेर त्यसमा उपलब्ध निःशुल्क प्याकेज रोज्नुपर्ने हुन्छ ।

तपाईंको मोबाइलमा भीओएलटीई चल्ने अवस्थामा मात्रै यो नम्बरमा डायल गर्न सक्नुहुनेछ । यसको अर्थ तपाईंको मोबाइलमा भीओएलटीई सेवा चल्छ कि चल्दैन भन्ने कुरा थाहा पाउने सबैभन्दा सजिलो तरिका भनेकै *111# डायल गर्नु हो ।

किन भने यो नम्बरमा टुजी, थ्रीजी र भीओएलटीई बिनाको फोरजीबाट डायल गर्न सकिँदैन । भिओएलटीई चल्ने अवस्थामा मात्रै यसका लागि आवश्यक प्याक लिन सकिन्छ ।

यतिगरिसकेपछि आफ्नो मोबाइलको डेटा अन गर्ने स्थानमा केही बेर थिच्नुहोस् । अब त्यहाँ नेपाल टेलिकम भएको स्थानमा दबाउनुहोस् र तल रहेको यूज भीओएलटीई (Use VoLTE)  सेवा अन गर्नुहोस् ।

तपाईंको मोबाइलमा यो सेवा सञ्चालन भएको खण्डमा माथि मोबाइल टावरसँगै भीओएलटीई (VoLTE) लेखिएको देखिनेछ । सामान्य अवस्थामा देखिएन भने अघि जस्तै डेटा अन गर्ने स्थानमा जानुभयो भने थाहा पाउन सकिन्छ ।

यदि तपाईंको मोबाइलमा यो सेवा सुचारु भयो भने भीओएलटीई एक्टिभ भएको अर्को कुनै नम्बरमा डाल गर्दा एचडी भ्वाइस कलको अनुभव गर्न सक्नुहुनेछ । साथै भ्वाइस कल गरेजस्तै भिडिओ कलको विकल्प समेत डायल प्याडमै देखिनेछ ।

टेलिकमले भीओएलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको सूची आफ्नो वेबसाइटमा अपडेट गरिरहेको छ । तपाईं ग्रामीण क्षेत्रमा हुनुहुन्छ र मोबाइलमा ८०० मेगाहर्जको फोरजी सपोर्ट छैन भने तपाईंले टेलिकमको फोरजी र भीओएलटीई सेवा प्रयोग गर्न सक्नुहुन्न ।

तर १८०० मेगाहर्जको फोरजी सपोर्ट छ अथवा तपाईंको मोबाइलमा सहरी क्षेत्रमा फोरजी सेवा चलिरहेको छ र टेलिकमले भीओएलटीई सेवा चलाउन सकिने मोबाइलको सूचीमा तपाईंले प्रयोग गरिरहेको मोबाइल सेट छ भने पनि यो सेवा चलाउन सकिन्छ ।

यी मोबाइल सेटमा चल्छ भीओएलटीई  :

  1. Samsung Galaxy M01s
  2. Samsung Galaxy M02
  3. Samsung Galaxy M02s
  4. Samsung Galaxy M11
  5. Samsung Galaxy M12
  6. Samsung Galaxy M21
  7. Samsung Galaxy M30s
  8. Samsung Galaxy M31
  9. Samsung Galaxy A12
  10. Samsung Galaxy A51
  11. Samsung Galaxy A52
  12. Samsung Galaxy A70
  13. Samsung Galaxy A70s
  14. Samsung Galaxy A71
  15. Samsung Galaxy A72
  16. Samsung Galaxy Note 10 Lite
  17. Samsung Galaxy S10
  18. Samsung Galaxy S10+
  19. Samsung Galaxy S10e
  20. Samsung Galaxy S20
  21. Samsung Galaxy S20+
  22. Samsung Galaxy S20 ultra
  23. Samsung Galaxy S20 FE
  24. Samsung Galaxy S21
  25. Samsung Galaxy S21+
  26. Samsung Galaxy S21 Ultra
  27. Samsung Galaxy Note 10
  28. Samsung Galaxy Note 10+
  29. Samsung Galaxy Note 20
  30. Samsung Note 20 Ultra
  31. Samsung Galaxy Z Fold2
  32. Xiaomi Redmi 9 Prime
  33. Xiaomi Mi10
  34. Xiaomi Redmi 9C
  35. Xiaomi Redmi Note 9 Pro
  36. Xiaomi Redmi 8A
  37. Nokia 5.3
  38. Nokia 7.2
  39. Nokia 3.4