|  

स्मार्टफोनमा यस्ता हिडन फङ्सन, जुन तपाईलाई थाहा छैन

३,जेष्ठ काठमाडौं । आजभोलि धेरैको हातमा स्मार्टफोन छ । यसमा यति धेरै फङ्सन र सेटिङ हुन्छन् कि, हामीलाई सबै थाहा नहुन सक्छ । स्मार्टफोनलाई अझ स्मार्ट बनाउने त्यस्ता सेटिङ्स थाहा पाइराख्नु हामी सबैका लागि फाइदाजनक हुन्छ ।

एन्ड्रोइड फोनमा यी सेटिङको प्रयोग सरल रूपमा गर्न र लाभ लिन थाहा पाउनै पर्ने  सेटिङहरु यस्ता छन्  ।

१. सिमकार्ड लक : फोन लक जस्तै सिमकार्ड लक पनि स्मार्ट फोनमा उपलब्ध हुन्छ । सिमकार्डमा तपाइको जरुरी नम्बर, सामाजिक सञ्जालका कोडहरु र बैंकहरुको कोडहरु जस्ता थुप्रै डाटाहरु रहेको हुन्छन् । जसको सुरक्षाको लागि सिमकार्ड लक जरुरी रहेको छ । 

२.डार्क मोड : स्मार्टफोनमा डार्क मोडको अप्सन रहेको हुन्छ। डार्क मोडमा फोन राख्दा तपाईको फोनको ब्याट्रीलाई बचत गर्न मदत गर्छ साथै फोनको लाइटले आखाँमा आउने समस्या र धेरै फोन चलाउदा टाउको दुख्ने समस्या कम गर्न सक्छ । डार्क मोडमा तपाईको मोबाइललाई राख्न तपाईले आफ्नो फोनको डिसप्लेमा गएर डार्क मोड भन्ने अप्सनमा किल्क गर्न सक्नु हुन्छ । 

३. फोर एक्स, एम.एस.एए गेमिङ : तपाई आफ्नो फोनमा गेम खेल्नु हुन्छ भने तपाईलाई यो फिचर उपयोगी बन्न सक्छ । यो सेटिङ मोबाइलमा प्रयोगमा ल्याउन आफ्नो फोनको सेटिङको डेभलपर अप्सनमा गएर फोर एक्स, एम.एस.एए मा किल्क गर्न सकिन्छ । 

४. डिजेवल र स्पिड अप एनिमेसन ; यो फिचरले फोनमा एनिमेसन हँदा रामाइलो फिल गराएपनि तपाईको मोबाइललाई स्लो बनाउने  साथै एउटा एपबाट अर्को एपमा जाँदा बढी समय लगाउने भएकाले ओ एनिमेसन अफ गर्न सकिन्छ । फोनको सेटिङ हुँदै डेभलपर अप्सनमा गएपछि ३ वटा एनिमेसन भन्ने अप्सन देखिन्छ र सबैमा अफ गरेपछि यो फोनमा डिसेबल हुन्छ । 

५. लाइभ क्यासपन :  यो फिचर हामिलाई सार्वजनिक स्थानमा वा नजिकैको मानिसले नसुनिदियोस् भन्ने लागेको बेलामा प्रयोगमा आउन सक्छ । यस फिचरले लाइभहरु हेर्दा अडियो अफ गरेर क्यापसनको रुपमा देखाउने काम गर्छ । यसको लागि सेटिङ हुँदै फोनको एक्सेसिविलिटी अप्सनमा गएर हियरिङ इन्ह्यान्समेन्ट मा गई लाइभ क्याप्सन मा पुग्न सकिन्छ ।