३ जेठ, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) मा देखिएको आन्तरिक विवादको समाधानका लागि आइतबार शीर्ष तहमा वार्ता भयो । तर, वार्ताकै बीचमा पनि जसपाका दुई पक्षीय नेताहरुबीच आरोप–प्रत्यारोप रोकिएको छैन ।
शनिबार उपेन्द्र यादवले आफ्ना पक्षका सांसद तथा कार्यकारिणी सदस्यको बैठक बोलाएका थिए । त्यो बैठकको महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर विरोध गरेका थिए ।
त्यसपछि अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच आइतबार वार्ता भयो । सहमतिका लागि अन्तिमपटक प्रयास गर्ने र सहमति नभए पार्टीको विधानअनुसार अगाडि बढ्ने निर्णय भएको भोलिपल्टै यादवले ठाकुरसँग वार्ता गरेका हुन् ।
दुई अध्यक्षबीच छोटो समय भएको वार्ताले ठोस निकास ननिकाले पनि आपसमा बढेको दुरी घटाउने र सहमतिमै समाधान खोज्नेबारे कुराकानी भएको जसपा नेताहरु बताउँछन् ।
अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरुले एमालेका अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतलाई जोडेर विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीसँग जोडेर टिप्पणीहरु गरिरहेका छन् ।
जसपाका सांसदहरु एमाले नेता महेश बस्नेतका साथमा भक्तपुरको डोलेश्वर रिसोर्टमा देखिएपछि उपेन्द्र यादव पक्षका लागि ठूलो मसला बनेको छ । अर्कोतिर संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेको विषय ठाकुर पक्षका नेताहरुका लागि मसला बनेको छ ।
प्रधानमन्त्री ओलीले लिएको विश्वासको मतमा जसपाको तटस्थता र विपक्षमा मतदान, भक्तपुर रिसोर्टमा सांसदको भेला, राजेन्द्र महतो संसदीय दलको नेतामा चयन, लुम्बिनी प्रदेशमा चारजना सांसदलाई कारवाही लगायतका विषयमा जसपामा विवाद चर्किएको हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar