|  

टोटेनहमका स्ट्राइकर ह्यारी केनले क्लब छाड्ने

३,जेष्ठ काठमाडौं । इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले क्लब छाड्ने योजना बनाएका छन् ।

केनले यस समर विन्डो ट्रान्सफरमा क्लब छाड्ने योजना बनाएको स्काई स्पोर्ट्सले जनाएको छ । केनले टोटेनहमलाई आफुले क्लब छाड्न चाहेको बताएको स्काई स्पोट्रले जनाएको छ । इंग्ल्यान्डका फरवार्ड केन पछिल्लो समय म्यानचेस्टर सिटी, युनाईटेड र चेल्सीसँग जोडिएका छन्।

२७ वर्षीय फरवार्डले टोटेनहमका लागि ३ सय ३४ खेल खेलेका छन् । जसमा २ सय २० गोल गरेका छन् । तर, केनले टोटेनहमबाट कुनैपनि उपाधि ट्रफी जित्न सकेका छैनन् । एजेन्सी