|  

क्रिकेटर सन्दीपले गरे कोराना भाइरसविरुद्ध लडन ३ लाख सहयोग

४,जेष्ठ काठमाडौं । दोस्रो लहरको कोराना भाइरसविरुद्ध लडन क्रिकेटर सन्दीप लामिछानेले ३ लाख सहयोग गरेका छन् । 

राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण खेलाडी सन्दीपले सोमबार कोरोनाविरुद्ध लड्न टिम सन्दिप लामिछाने अभियानको घोषणा गर्दै उक्त सहयोग गरेका हुन्।

सन्दीपले गत वर्षपनि कोरोना राहत कोषमा १ लाख सहयोग गरेका थिए ।सन्दीपले टिम सन्दिप लामिछाने अभियानबाट आर्थिक संकलन गर्नेछन् । उक्त अभियानबाट उठेको रकम स्थानीय निकाय, प्रशासन कार्यालयको रोहवरमा अति प्रभावित क्षेत्र, स्थानीय निकायमा आवश्यकता तथा प्राथमिकताको आधारमा वितरण गरिने जनाएको छ ।

सन्दीपले आर्थिक सहयोग संकलनका लागि बैंक खाता समेत खोलेका छन् । सन्दीपले अभियानको आरम्भ गर्दै उक्त खातामा ३ लाख जम्मा गरेको समेत जनाएका छन् । सन्दीपको अभियानमा जोडिन तलको बैंकमा आर्थिक सहयोग जम्मा गर्न सक्नु हुनेछ ।