|  

प्रियंका पति निक घाइते 

४,जेष्ठ काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनस घाइते भएका छन् । एक शोको सुटिङमा लडेर उनको शरीरमा गम्भीर चोट लागेको छ ।  

घाइते भएपछि उनलाई निर्माताहरुले तुरुन्तै अस्पताल भर्ना गरेका थिए । हिँडेर अस्पताल जान नसक्ने नभएपछि उनलाई एम्बुलेन्समा लगिएको थियो । उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् ।

उनको चोट कहाँ र कसरी लाग्यो भन्ने कुुराको केही जानकारी दिइएको छैन । उनको पूर्ण स्वास्थ्य परीक्षण पछि चिकित्सकले डिस्चार्ज दिएका हुन् । उनी सोमबारबाट गायन रियालिटी शो ‘द भ्वाइस’को सुटिङ सुरु गर्दैछन् । प्रियंका र निक अहिले सँगै छैनन् । प्रियंका लण्डनमा आफ्नो प्रोजेक्टमा व्यस्त छिन्